17th April 2026, Friday

Namaste

Express

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १५ आइतबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।

उनका अनुसार, सोमबार, १६ गतेको बिहानसम्म, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, र लुम्बिनी प्रदेशका पहाडी र तराईका क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका बैतडी, दादेलधुरा, डोटी, अछाम, कैलाली, र कञ्चनपुरका जिल्लामा, साथै कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यानमा, र लुम्बिनी प्रदेशका बाँके, बार्दिया र दाङमा भारी वर्षाको जोखिम छ। अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि एक वा दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

जल र मौसम विभागले रिपोर्ट गरेको छ कि पछिल्लो २४ घण्टामा पाएठान, डोटी, बागलुङ र कैलालीका केही क्षेत्रमा तीव्र वर्षा भएको छ। यस समयमा, देशभर बादल छाएको छ, र केही स्थानहरूमा वर्षाको विवरण आएको छ।




No ad available.


No active ad available.