17th April 2026, Friday

Namaste

Express

कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

Post Image
8 महिना अगाडी

News by: Namaste Express

सोमबार १९ साउन, २०८२
काठमाडौं -
कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ ।

‘डेमो हिजो (आइतबार) गरिएको थियो। आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो।

क्यालेन्डर अनुसार १५ साउनसम्ममा नतिजा सार्वजनिक गरिसक्नुपर्ने थियो। तर, चैत्र २० गतेदेखि २९ दिनसम्म चलेको शिक्षकहरूले (विरोध) का कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो।

शिक्षकहरूको आन्दोलनका कारण बैशाख ११ गते हुने तय भएको परीक्षा २१ गतेबाट सञ्चालन भएको थियो।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ ( ५,११,५२५) जना परीक्षार्थी सहभागी भएका थिए।


No ad available.


No active ad available.