17th April 2026, Friday

Namaste

Express

जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड

Post Image
10 महिना अगाडी

News by: Namaste Express

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भनेका छन् कि नेपाली जनतालाई गणतन्त्रसँग होइन, वर्तमान सरकारसँग असन्तोष छ।

बिहीबार, प्राइम टाइम्स टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रम मा, उनले भने कि नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकहरूको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।

के तपाईँ सबै गणतन्त्र कि राजतन्त्र सम्बन्धी जनमत सङ्ग्रह गर्नका लागि तयार हुनुहुन्छ? प्रचण्डले यो हास्यास्पद प्रश्न भएको बताए। 'संविधान सभा निर्वाचनमा १००% मतदाताले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेपछि जनमत सङ्ग्रह केको लागि गर्नु पर्छ ? जनमत सङ्ग्रह गर्नु धेरै तल्लो कुरा हो,' उनले भने।

अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत आचरणका कारणले गर्दा जनताको निराशा वृद्धि भएको कुरा स्वीकार गरे।

उनी राजतन्त्रका समर्थकहरूले वर्तमान सरकारले गरेको गलत क्रियाकलाप लाई प्रयोग गरेर जनतामा बढ्दै गरेको असन्तोषबाट फाइदा उठाउन कोशिष गर्न खोजेको उनको आरोप छ ।

‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ उनले भने


No ad available.


No active ad available.