17th April 2026, Friday

Namaste

Express

घट्दैछ युकेको शैक्षिक आकर्षण

Post Image
10 महिना अगाडी

News by: Namaste Express

लायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीमाथि विभिन्न व्यक्तिमार्फत् ठगी भइरहेको छ । लन्डनस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति निकाल्दै बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिन सतर्क रहन आग्रह गर्‍यो।

विभिन्न एजेण्टहरूको माध्यमबाट यूकेका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरूका विरुद्ध भइरहेको ठगीप्रति गम्भीर ध्यान दिएको छ।

बेलायत अध्ययन गर्न चाहने विद्यार्थीलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् छैनन् सुनिश्चित गर्न र शुल्क संरचना, भर्ना प्रक्रिया एवं अन्य सम्बन्धित विषयहरूबारे पर्याप्त जानकारी लिन आवश्यक देखिन्छ । अंग्रेजी भाषाको मापदण्ड पनि बढाइएको छ। अधिकांश भिसा रुटमा यसअघि ५ वर्षमा मिल्ने पीआरका लागि अब १० वर्ष लाग्ने भएको छ। डाक्टर, नर्स, इन्जिनियर जस्ता केही हाई स्किल्ड भिसामा हुनेले मात्र यसअघि जस्तै ५ वर्षमा पीआर आवेदन गर्न सक्नेछन्।


No ad available.


No active ad available.