17th April 2026, Friday

Namaste

Express

‘मन बिनाको धन’ २१ कात्तिकमा आउने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार ३०, सोमबार
फिल्म (चलचित्र) ‘मन बिनाको धन’को प्रदर्शन मिति तय भएको छ । संगीतकार टंक बुढाथोकी निर्देशित तथा निर्माण गरिएको फिल्म ‘मनबिनाको धन’ आगामि कात्तिक २१ गतेदेखि हलमा देशभर प्रदर्शनमा आउने भएको छ । निर्मात्री विष्णुमाया मैनाली र विभिन्न वितरण कम्पनीहरूबीच लिखित सम्झौता भएपछि निर्माण टिमले फिल्म औपचारिक रूपमा प्रदर्शन मिति घोषणा / तय गरेको हो ।

फिल्ममा मा नवगायक अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको नामकरण अशोक दर्जीले गाएको पहिलो गीत मनबिनाको धन ठूलो कि धनबिनाको मनबाट गरिएको हो।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मको पटकथा र संवाद शिवम अधिकारीको छ । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । संगीत टंक बुढाथोकी । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन् ।पटकथा र संवाद शिवम् अधिकारी, संगीत टंक बुढाथोकी, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, छायांकन सौरभ लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ। फिल्ममा सपना शर्मा कार्यकारी निर्मात्री तथा जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता रहेका छन्।

दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत थियो। दर्जी अहिले काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

निर्देशक बुढाथोकीको शब्द र संगीतमा बनेको यो चलचित्र सामाजिक सन्देशसहितको पारिवारिक प्रस्तुति हुने अपेक्षा गरिएको छ ।

चलचित्रको वितरण अधिकार नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले खरिद /प्राप्त गरेका छन् ।



No ad available.


No active ad available.