17th April 2026, Friday

Namaste

Express

कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

Post Image
10 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
बैंकले आफ्ना संस्थापक शेयरधनीका नाममा रहेको ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड, काठमाडौं वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

उक्त अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।



Post Image


No ad available.


No active ad available.