17th April 2026, Friday

Namaste

Express

पूर्वराजाको ज्ञानेन्द्रको क्यारिकेचर गर्दा धम्की आएपछि प्रभात लामा : गलत के भयो ?

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । हास्यकलाकार प्रभात लामाले आफूले टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा पूर्वराजाको भूमिकामा अभिनय गर्दा कमेडी गरेकै भरमा राजावादीबाट धम्की आएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ गर्दा केही साथिहरु रिसाएर फोन र म्यासेज आएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्री ज्यू को पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो भनेर प्रश्न पनि गरेका छन् । तपाईको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छरु मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस्।

रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टीस क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईहरु पनि गर्नुस। कलाकारितामा आउनुस्। जातभातको कुरै नगर्नुस्। यो शोभनिय कुरा पनि होईन। अर्को बुझ्न पर्ने कुरा हास्यव्यंव्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहांको मान- मर्दन गरिने भन्ने होईन। बरु, त्यस पात्र मार्फत धेरै कुराहरू र धारणा हास्यास्पद तरीकाले ठट्यैली शैलीमा धेरै कुरा गर्न खोजिएको हुन्छ ।

प्रभात लामा लेख्छन्, ‘कुनैपनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरिदिनुहोला । कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हो’ ‘राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नु होला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।’

व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पुर्वराजा हजुरबुवा समान हुनुहुन्छ। उहांलाई गर्नु पर्ने सम्मान र आदर सधै उस्तै छ। उहाँलाई कस्तो सम्मान दिनु पर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। त्यो तपाईहरुले मलाई सिकाईराख्न आवश्यक छैन।। व्यक्तिगत रुपमा उहालाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु जति उहा सम्मानित र आदरणीय हुनुहुन्छ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को पछिल्लो एपिसोड मंगलबार हिमालय टिभीमा प्रसारण भएको थियो । उक्त एपिसोडमा प्रभातले पूर्वराजा शाहको भूमिकामा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राप्रपा सांसद ज्ञानबहादुर शाही, नेतृ खुस्बु ओली र कानून व्यवसायी स्वागत नेपाल पाहुना बनेर पुगेका थिए ।



No ad available.


No active ad available.