17th April 2026, Friday

Namaste

Express

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

Post Image
10 महिना अगाडी

News by: Namaste Express

जेठ, २९ काठमाडौं ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो । अहमदाबादमा १२ जना चालक दलका सदस्यसहित २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । दूतावासका कन्सुलर सन्जिव शर्माले अनलाइनखबरसँग भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।

सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु
Post Image
सवार थिए ।

विमानमा १६९ भारतीय नागरिक सवार थिए । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५३ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ । एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।

मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ ।

विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।



No ad available.


No active ad available.