17th April 2026, Friday

Namaste

Express

यशले 'रामायण' को फिल्मिङ्ग सुरु गरिसकेका छन्, र हलिउडका स्टन्ट निर्देशकहरू पनि सेटमा देखिएका छन्।

Post Image
10 महिना अगाडी

News by: Namaste Express

मुम्बई। कन्नड सुपरस्टार यशले नितेश तिवारीद्वारा निर्देशित महाकाव्य रामायणको छायांकन सुरु गरेका छन्। उनी यो फिल्ममा रावणको भुमिकामा देखिदैँ छन् साथै, भगवान रामको भूमिकामा रणवीर कपूर, देवी सीताको भूमिकामा साई पल्लवी रवि दुबे लक्ष्मणको भूमिकामा, लारा दत्ता कैकेयीको भूमिकामा र बजरंग बालीको भूमिकामा सन्नी देओलले अभिनय गरिरहेका छन् ।
अभिनेत्री काजल अग्रवालले फिल्ममा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन्, जसले ’दंगल’ र ’छिछोरे’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
यस फिल्मको विशेष कुरा के हो भने हलिउडका प्रसिद्ध स्टन्ट निर्देशक गाय नोरिस यशसँग काम गरिरहेका छन् । उनी त्यही व्यक्ति हुन् जसले ’म्याड म्याक्स : फ्युरी रोड’ र ’द सुसाइड स्क्वाड’जस्ता फिल्ममा अद्भुत एक्सन कोरियोग्राफी गरेका थिए ।

रामायण दुई भागमा रिलिज हुँदैछ । ’रामायण’ को पहिलो भाग सन् २०२६ को तिहार र दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज हुनेछन् ।
रिपोर्टका अनुसार पहिलो भागको छायांकन सकिएको छ । अहिले दोस्रो भागको छायांकन जारी रहेको छ ।



No ad available.


No active ad available.