17th April 2026, Friday

Namaste

Express

आजको राष्ट्रियसभा बैठक आज बस्दै-तीन महत्वपूर्ण प्रस्तावमाथि बहस

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २७, शुक्रबार
राष्ट्रियसभाको बैठक आज शुक्रबार अपराह्न १२:१५ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ।

आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराउनुभएको ‘ज्येष्ठ नागरिकको जीवनसम्बन्धी सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, जलस्रोत तथा सिँचाइ/ऊर्जा मन्त्री दीपक खड्का र गृहमन्त्री रमेश लेखकले सम्बन्धित विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।


No ad available.


No active ad available.