17th April 2026, Friday

Namaste

Express

अबदेखि ड्राइभिङ लाइसेन्सको अवधि १० वर्षसम्म

Post Image
8 महिना अगाडी

News by: Namaste Express

१७ श्रावण २०८२, शनिबार
काठमाडौँ -सरकारले चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याएको छ। सवारी साधन तथा यातायात व्यवस्थापन ऐन, २०४९ लाई ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ मार्फत संशोधन गरी लाइसेन्सको वैधता दोब्बर पारिएको छ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो प्रावधान कानुनी रूपमा लागू भएको छ। यसले चालकहरूलाई प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट राहत प्रदान गर्नेछ।

राजपत्रमा प्रकाशित सूचना अनुसार, सवारी साधन तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा ५६ मा नवीकरण सम्बन्धी प्रावधानमा रहेको ‘पाँच वर्षसम्म’ शब्दलाई ‘१० वर्षसम्म’ मा परिवर्तन गरिएको छ।

यो संशोधनसँगै जारी र नवीकरण गरिने सबै प्रकारका चालक अनुमतिपत्रको वैधता अब १० वर्ष हुनेछ।

यसअघि लाइसेन्सको वैधता पाँच वर्ष मात्र हुँदा नवीकरणका लागि यातायात कार्यालयहरूमा ठूलो भीड लाग्थ्यो र सेवाग्राहीहरू लामो लाइनमा उभिन बाध्य हुन्थे। यो निर्णयले यातायात कार्यालयहरूको कार्यभार कम गर्न र सेवाग्राहीको समय र खर्च बचत गर्न महत्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।


No ad available.


No active ad available.