17th April 2026, Friday

Namaste

Express

महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १८ , बुधबार
काठमाडौँ- एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे, उजबेकिस्तानको टाश्केन्टस्थित मिल्ली स्टेडियममा (रङ्गशाला) हुनेछ।

नेपाल, समूह 'एफ' मा, पहिलो खेलमा लाओसलाई ९-० गोलन्तरले पराजित गरेको छ। श्रीलंकाले उजबेकिस्तानको विरुद्ध १०-० को हार व्यहोरेको थियो । अहिलेसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा श्रीलंकासँग सात पटक खेलिएको छ।

फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्काे वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।


No ad available.


No active ad available.