17th April 2026, Friday

Namaste

Express

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

Post Image
8 महिना अगाडी

News by: Namaste Express

बुधबार १४ साउन, २०८२
काठमाडौँ -नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङ विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेसले संसदीय दलको नेता चयन गर्न आज बागमतीमा निर्वाचन गर्‍यो। संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री तामाङ र बानियाँबीच प्रतिस्पर्धा भएको थियो।

११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ सांसद छन्। संसदीय दलको नेता चयन गर्न आज भएको मतदानमा ३७ जनाले मात्र भाग लिए। बानियाँ २२ मतसहित संसदीय दलको नेतामा निर्वाचित भए भने तामाङले १४ मत प्राप्त गरे। एउटा मत बदर भएको थियो।


No ad available.


No active ad available.