17th April 2026, Friday

Namaste

Express

रसुवामा भीषण बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २४ , मंगलबार

चिनाबाट आएको बाढीका कारण रसुवागढीमा कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये ९ जना नेपाली नागरिक, ८ जना चिनियाँ नागरिक, र ३ जना प्रहरी अधिकारी छन्।

एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । थप रूपमा, सहायक प्रमुख जिल्ला अधिकारीले ध्रुव प्रसाद अधिकारीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीको बीचमा फसेका ९ जनालाई उद्दार गरेको जनाएको छ। अन्यको खोजी कार्य अझै जारी छ।

सोमबार राति आएको बाढीले रसुवागढी जलविद्युत र भन्सार क्षेत्रलाई क्षति पुर्याएको छ। सुख्खा बन्दरगाहका सातवटा इभी सवारी साधन (गाडी ) पनि बगाइएको छ। अहिले प्रभावीत क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य भइरहेको छ।


No ad available.


No active ad available.