17th April 2026, Friday

Namaste

Express

प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २५ , बुधबार
संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने तय भएको छ। बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (२०८०/८१) प्रस्तुत गर्नुहुनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुदीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी नेपाल ऐन संशोधन विधेयक २०८२ लाई दफावार छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयकमा गरेको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रनिर्णयार्थ प्रस्तुत गर्नुहुनेछ।


No ad available.


No active ad available.