17th April 2026, Friday

Namaste

Express

सुरु भयो शिक्षा समितिको बैठक

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं : प्रतिनिधि सभाको बैठक अन्तर्गतको शिक्षा, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ।

आज, बिहीबारको २ बजेको लागि तय गरिएको समिति बैठक बल्ल सुरु भएको छ। पहिले, २ बजे समय तोके पनि, यो बस्न सकेन। यसपछि यो स्थगित गरिएको थियो र ३:१५ मा सारिएको थियो। हालाँकि, त्यो समयमा पनि, बैठक भेला हुन सकेन। उक्त तोकिएको समिति बैठक बल्ल सुरु भएको हो। समिति बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो ।


समितिले यतिखेर शिक्षा विधेयक र उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरिरहेको छ। सहमति जुटेमा विधेयक भोलिसम्ममा पास गर्ने समितिका सभापति अम्बर बहादुर थापाले जानकारी दिए।

बुधबार दिनभर पनि विधेयकको विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादास्पद विषयलाई संकुचन गरिरहेक जनाएको छ । विधेयकमा मुख्यत: निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ ।

समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।

समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन्
Post Image
। समितिद्वारा पारित भएपछि, यो विधेयक प्रतिनिधि सभा मा जानेछ। प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।

त्यसपछि यो राष्ट्रिय सभा तर्फ बढ्नेछ। राष्ट्रिय सभामा, यो प्रतिनिधि सभामा जस्तै प्रकिया प्रक्रिया पूरा गरेर अघि बढ्नेछ।




No ad available.


No active ad available.