17th April 2026, Friday

Namaste

Express

सर्वोच्च अदालतको फैसलाले ट्रम्प झनै शक्तिशाली

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१४ असार २०८२, शनिबार

संयुक्त राज्यको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि एक प्रमुख कानुनी विजय सुनिश्चित गर्यो। उनले महत्वपूर्ण कानुनी संघर्षहरू (लडाइँ) जितेका छन्। अमेरिकाको सर्वोच्च अदालतले तल्लो तहका अदालतलाई राष्ट्रपति ट्रम्पलाई नीतिगत निर्णयका लागि नरोक्नका लागि निर्णय गरेको छ। अदालतले ६-३ को मतले सो निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चार मिडिया माध्यमका अनुसार, राष्ट्रपति ट्रम्पले खारेज गरेको ‘बर्थराइट सिटिजनसिप’ को निर्णयलगायत धेरै निर्णयहरू यसबाट प्रभावित हुने भएका छन्। ट्रम्पले निर्बाध रूपमा काम गर्न पाउने अधिकारलाई अदालतले सुरक्षित गरेको छ ।

ट्रम्पको विवादास्पद चर्चित जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेश मात्र होइन, उनका अरू धेरै नीतिहरूलाई समेत कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ, जुन हालसम्म तल्लो अदालतहरूले अस्थायी रूपमा रोक लगाएका थिए।

सुप्रीम कोर्टको निर्णय अनुसार, ट्रम्प प्रशासनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः रूपमा नागरिकता दिने परम्परा अन्त्य गर्ने कार्यकारी आदेश लागू गर्न अब एक महिनापछि कार्यान्वयनमा जान पाउनेछ। यद्यपि कुनै व्यक्तिले मुद्दा दायर गर्ने कानुनी हैसियत (अधिकार ) राख्छ भने अदालतले अझै पनि तल्लो अदालतहरूलाई उक्त निर्णयको प्रभाव सीमित गर्न सक्ने छुट दिएको छ ।



No ad available.


No active ad available.