17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
२९ जेष्ठ, काठमाडौं । अनेरास्ववियुको अध्यक्षको रूपमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ प्राप्त गरे ।
मत गणनाका क्रममा उनीहरू बीचमा कडा प्रतिस्पर्धा भएको थियो। कीर्तिपुरको जारी सम्मेलनमा बिहीबार इलेक्ट्रोनिक (विद्युतीय) मतदान भएको थियो। दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष
मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।
त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।
पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।
पदाधिकारीहरूः
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्