17th April 2026, Friday

Namaste

Express

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखाख विरुद्ध आलोचना गर्ने टिकटक प्रयोगकर्ता रमा बस्नेतलाई ३० हजार रुपैयाँ जमानतमा रिहा गरिएको छ।

काठमाडौंमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

खोटाङ घर भई हाल भक्तपुरमा बसोबास गर्दै गरेका बसनेटलाई गत असार १ मा पक्राउ गरेर गृह मन्त्रालयको पत्रअनुसारको प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौंको जिल्ला सरकारी वकीलको कार्यालयले बुधबार मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको टिप्पणी गरेकी थिईन ।

भिडियो बनाइ घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी सहित जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको थियो ।


No ad available.


No active ad available.