17th April 2026, Friday

Namaste

Express

व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढ्यो

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २७, शुक्रबार
काठमाडौं -नेपाल राष्ट्र बैंकले व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र कका गर्भनर विश्वनाथ पौडेलले शुक्रबारआगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत यस्तो सीमा बढाएको हो ।

‘बैंक तथ वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको विद्यमान एकल ग्राहक कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाइ २५ करोड रूपैयाँ पुर्‍याइएको छ,’ उनले भने ।

त्यस्तै, गभर्नर पौडेलले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयन गरिने बताए। यसका साथै, मौद्रिक नीतिमा कार्यशील पूँजी ऋण सम्बन्धी निर्देशिका आवश्यकता अनुसार परिमार्जन गरिने उल्लेख छ।

ऋण नोक्सानी प्रावधानको पनि आवश्यकता अनुसार पुनरवलोकन गरिनेछ। यसका साथै, मौद्रिक नीतिमा रु ३ करोडसम्मको ऋणलाई साना तथा मझौला ऋणको सूचीमा राखिने उल्लेख छ।



No ad available.


No active ad available.