17th April 2026, Friday

Namaste

Express

अमेरिकाबाट डिपोर्ट भएका चार भुटानीलाई जरिवाना, यात्रा कागजात पेश गरे भुटान पठाइने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गरेका चार व्यक्तिलाई अध्यागमन कानून उल्लंघनको आरोपमा जरिवाना र भुटान निष्कासनको निर्णय भएको छ ।

अमेरिकाले निष्कासन गरेर स्वदेश फिर्ता पठाएपछि अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै फेरि अवैध रूपमा काँकड्भिट्टा नाका हुँदै उनीहरु नेपाल प्रवेश गरेका चार व्यक्ति, भूतपूर्व भुटानी शरणार्थीहरूलाई अध्यागमन कानून उल्लंघनको आरोपमा जरिबाना गर्ने, निजहरूलाई सम्बन्धित मुलुक फिर्ता गर्न उनीहरूबाट कागजपत्र माग गर्ने र प्रस्थान नगरुञ्जेलसम्म अस्थायी रूपमा बस्न अनुमति दिने निर्णय नेपाल सरकारले गरेको छ।

भारत हुँदै काँकड्भिट्टा नाका हुँदै उनीहरु झापा आइपुगेका आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङलाई १५ चैत २०८१ मा जिल्ला प्रहरी कार्यालय, झापाले पक्राउ गरेको थियो । प्रहरीले विना कागजात आएको आरोपमा पक्राउ गरेर उनीहरुलाई अध्यागमन कार्यालय, मेचीनगरमा बुझाइदिएको थियो ।

झापामा पक्राउ परेपछि आशिषका बुबा नारायणले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दिएका थिए ।

अमेरिकी अध्यागमन निकाय इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्टका अधिकारीहरूले पारो विमानस्थलमा भुटानी अधिकारीहरूलाई ती शरणार्थीहरू बुझाएका थिए।

एउटा बन्दी प्रत्यक्षीकरण रिटमा आदेश दिँदै सर्वोच्च अदालतले उनीहरूलाई तत्कालका लागि भुटानको राहदानी वा यात्रा कागजात पेश नगरेसम्म स्थानहद तोकेर झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा नेपालमै बस्न दिने समेत निर्णय भएको र प्रचलित कानुन बमोजिमको
Post Image
प्रहरी कार्यालयबाट स्थानान्तर गर्न र ६० दिन भित्र अनुसन्धान सम्पन्न गराउन आदेश दिएको थियो।

अमेरिकाबाट निष्कासित शरणार्थीहरूमध्ये तीन जना अदालतको आदेशपछि बेलडाँगी शरणार्थी शिविर र एक जना मोरङको पथरी शिविरमा बस्दै आएका छन्।



No ad available.


No active ad available.