17th April 2026, Friday

Namaste

Express

४६ अर्बको बजेट ल्याउँदै मधेश सरकार

Post Image
10 महिना अगाडी

News by: Namaste Express

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्रोतभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकार, सभाको बैठक आइतबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्नेछन् ।

आगामी आर्थिक वर्षको लागिएको मधेस सरकार, अर्थमन्त्री यादवले ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले
Post Image
जनाएको छ । गत वर्षभन्दा २ अर्बभन्दा बढी बजेट ल्याउन लागेको स्रोतको दाबी छ ।

१५ जेठमा संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मधेश प्रदेश सरकारका लागि विशेष र समपुरक अनुदान करिब ६ अर्ब रकम दिने सुनिश्चिता गरेपछि प्रदेशको बजेटको आकार बढाउन लागिएको हो ।

मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको छ । गत वर्ष सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो । मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको हो ।

गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताए ।

मधेश सरकारले यसपटक सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको छ ।


No ad available.


No active ad available.