17th April 2026, Friday

Namaste

Express

शिक्षा समितिको बैठक सर्‍यो

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रौद्योगिकी समितिको बैठक स्थगित गरिएको छ । बिहीबारको लागि तय गरिएको बैठक १ बजेको सट्टा ३ बजेका लागि पुनः निर्धारित गरिएको छ। विद्यालय शिक्षा विधेयकको विवादित विषयहरूमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको हो ।

समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा स्वीकृतिको लागि बिल पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई संकुचन गर्दै गएको बताएको छ ।

समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । अब समितिद्वारा पास भएपछि यो विधेयक प्रतिनिधिस भामा जान्छ । प्रतिनिधि सभा यसलाई छलफल गर्दै पास गर्नेछ।

यो पनि पढ्नुहोस

असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी

https://www.namastexpres.com/post/asara-gata-vathayalya-shakashha-vathhayaka-pasa-garana-tayara/109

गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।






No ad available.


No active ad available.