17th April 2026, Friday

Namaste

Express

बूढीगंगामा इन्टरनेट सेवा अवरुद्ध

Post Image
10 महिना अगाडी

News by: Namaste Express

बाजुरा l जिल्लाको बूढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा रहेकोएक होटलमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किएर आगलागी भएपछि इन्टरनेट सेवा अवरुद्ध भएको छ ।'

साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रवार नवदुर्गा होटलमा ग्यास विस्फोट भएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले सूचित गरेको छ। । बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गंगाराम जैशीले बताए ।

उनका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए। त्रिवेणी नगरपालिका र बूढीगंगा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ ।

Post Image
Post Image


No ad available.


No active ad available.