17th April 2026, Friday

Namaste

Express

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

Post Image
9 महिना अगाडी

News by: Namaste Express

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो।

पूर्व पश्चिम राजमार्ग, बुटवल सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाउँदा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। गए राति परेको वर्षा सँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ।

त्यस्तै वर्षाले बाटो चिप्लो र हिलो हुँदा दाउन्ने विश्वकर्मा मन्दिर क्षत्रे नजिक सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको छ । दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएर सवारी साधन उकालोमा उक्लन कठिनाइ भएपछि डाइभर्सन बगाए पनि सञ्चालन गर्दै आएको वैकल्पिक बाटो बन्द गरी सवारी साधन रोकिएको सूचना अधिकारी एवं
Post Image
प्रहरी नायव उपरीक्षक नेपालले बताउनुभयो ।

विनयी खोलाको डाइभर्सन बगाउँदा यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरू होङ्गसी गेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिँदै आइएको थियो । गत पुस महिनामा ओभर लोडको भारतीय गाडिएको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको हो । खोलामा पानीको बहाव घटेसँगै डाइभर्सन मर्मत कार्य सुरू हुने जनाइएको छ।


No ad available.


No active ad available.