17th April 2026, Friday

Namaste

Express

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २५ , बुधबार

काठमाडौं महानगरपालिका-६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका एक चिनियाँ नागरिक बोधिचित्त माला व्यापारी भएको खुलासा भएको छ।

आइतबार राति १० बजेतिर प्रहरीले चिनियाँ नागरिक वाङ जियानको निवासमा छापा मारेर स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो। पैसा बरामद भएपछि अनुसन्धानका क्रममा उनले आफू बोधिचित्त माला किन्न आएको बताए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, "उनले आफूलाई बोधिचित्त माला किन्न आएको भनेर परिचय दिएका छन् र यो माला किन्ने सिजन पनि हो। तर, त्यो पैसाको स्रोत खुलाइएको छैन, त्यसैले उनलाई हिरासतमा लिइएको हो।"

प्रहरीले उक्त रकम हुण्डी कारोबारबाट आएको हुन सक्ने आशंका गरेको छ। पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भ्रमण भिसामा काठमाडौं आएका थिए। अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनले यसलाई व्यापार भिसामा परिणत गर्ने तयारी गरिरहेको पनि बताएका थिए।

काठमाडौंका एसएसपी विश्व अधिकारीको नेतृत्वमा, विस्तृत अनुसन्धानका लागि काठमाडौंबाट जिल्ला अदालतबाट म्याद प्राप्त गरेपछि अनुसन्धान गर्दैछन्।

विज्ञहरूका अनुसार २०७०/७१ साल आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गरेपछि यसको मूल्य वृद्धि भएको हो।

चीनमा यो उच्च मूल्यमा बेचिन्छ, बिक्री हुने गरेको छ । त्यसैले समय समयमा तिमालको बोधिचित्त लुटपाट भएको समाचार समेत बेलाबेला आउने गरेको छ ।



No ad available.


No active ad available.