17th April 2026, Friday

Namaste

Express

क्रान्तिकारी किसान नेता भीम दत्त पन्तको स्मृति दिवस आज देशभर मनाइँदै

Post Image
8 महिना अगाडी

News by: Namaste Express

१७ श्रावण २०८२, शनिबार
काठमाडौं -क्रान्तिकारी किसान नेता शहीद भीमदत्त पन्तको स्मृति दिवस देशभर विभिन्न कार्यक्रमहरू मार्फत मनाइँदैछ। १९८३ सालमा डडेल्धुराको करिगाउँमा जन्मिएका पन्तले गरिब, दलित र भूमिहीनहरूको पक्षमा ऐतिहासिक विद्रोहको नेतृत्व गर्दै छुवाछुत, सामन्तवाद र श्रम शोषणको विरुद्ध आवाज उठाए। उनले मुक्ति सेना गठन गरे र जातीय समानता, सामाजिक न्याय र भूमि अधिकारको लागि लडे।

१७ साउन २०१० मा उनको क्रूर हत्या गरियो। सरकारले १९८३ सालमा उनलाई शहीद घोषणा गर्‍यो। पन्तको विचार, संघर्ष र नारा आज पनि भूमिहीन र उत्पीडित समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। अधिकारकर्मीहरूका अनुसार पन्तको सपना तब मात्र पूरा हुनेछ जब सबै नेपालीले न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच पाउनेछन्।


No ad available.


No active ad available.