17th April 2026, Friday

Namaste

Express

सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २७, शुक्रबार
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५८ करोड ८५ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए।

मुद्दामा अभियोग लगाइएकाहरूमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक रहेका छन्। त्यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर ओली, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि., कान्तिपथ, काठमाडौं र कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरिएको पौडेलले बताए।

तोकिएका सर्त र मापदण्ड विपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेजआपूर्ति गरेको र सरकारी/सार्वजनिक संस्थालाई हानि पुर्‍याउने दुर्भावनापूर्ण नियतले झूटा कागजातहरू पेश गरेर अस्वाभाविक मूल्य कायम भएको उक्त सामग्रीको लागि १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अन्तर्गत कसूरमा उनीहरूलाई मुद्दा चलाइएको पौडेलले जानकारी दिए।


No ad available.


No active ad available.