17th April 2026, Friday

Namaste

Express

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २९ , आईतवार
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा आधारित हुनेछ भने बाँकी ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट जुट्ने अपेक्षा गरिएको छ। मेयर बालेन्द्र शाहले बजेट प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

संवैधानिक व्यवस्था अनुसार असार १० गतेसम्म बजेट सार्वजनिक गरिनुपर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको र उपमेयर डंगोलले त्यसका लागि नगरवासीसँग माफी मागेका छन्।


No ad available.


No active ad available.