17th April 2026, Friday

Namaste

Express

नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने

Post Image
10 महिना अगाडी

News by: Namaste Express

नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज को आधिकारिक घोषणा गरेको छ।

नेपालले दुईपटकको टी-२o विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२o सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । क्यानको आयोजनामा हुने यो शृङ्खला संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछ।

आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।

यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।

क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।

नेपालले पहिलो पटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग द्विपक्षीय टी-२० शृङ्खला खेल्न लागेको हो। यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टोली सँग घरेलु मैदानमा नै खेलेको थियो ।


खेल तालिका:

स्थान: शारजाह क्रिकेट स्टेडियम, युएई

पहिलो खेल : २७ सेप्टेम्बर २०२५

दोस्रो खेल : २८ सेप्टेम्बर २०२५

तेस्रो खेल : ३० सेप्टेम्बर २०२५




No ad available.


No active ad available.