17th April 2026, Friday

Namaste

Express

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ जना सम्पर्कविहीन

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २४, मंगलबार
उत्तरी छिमेकी चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल , नेपाली सेनाको उद्दार टोली र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको छ। बाढी प्रभावित क्षेत्रमा ५५ जनालाई उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ५० जना नेपाली, १ जना चिनियाँ र ४ जना भारतीय नागरिक रहेका छन् भने ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, बाढीबाट अहिलेसम्म १८ जना सम्पर्कविहीन (बेपत्ता) भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूमा ३ जना प्रहरी र अन्य कामदार तथा चालकहरू रहेका छन्।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार, राहत र बेपत्ताको खोज कार्य जारी राखेको जनाएको छ।


No ad available.


No active ad available.