17th April 2026, Friday

Namaste

Express

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

Post Image
10 महिना अगाडी

News by: Namaste Express

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए ।

यसअघि गुरागाईंले पाण्डेलाई उक्त घटनाबारे स्पष्टीकरण मागेका थिए। गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।


Post Image


No ad available.


No active ad available.