17th April 2026, Friday

Namaste

Express

तीन दलका शीर्ष नेताको बैठक स्थगित

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ। नेकपा एमालेका अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओली एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच बिहीबारका लागि तया भएको बैठक स्थगित भएको हो।

संक्रमणकालीन न्यायसँग सम्बन्धित, समसामयिक राजनीतिक विषय, संसदमा जारी गतिरोध, बजेटलगायतका विषयमा तीन नेता छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको हो।

बुुधबारका लागि तय भएको बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं बाहिर रहेकाले दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो।

कृपया यो पनि पढ्नुहोस्
https://www.namastexpres.com/post/thauva-ra-paracanaedasaga-chhalfal-garana-tayarama-parathhanamanatara-ol/82


No ad available.


No active ad available.