17th April 2026, Friday

Namaste

Express

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Post Image
10 महिना अगाडी

News by: Namaste Express

झापा / पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रहेको कमल नगरपालिका-३, सानो केर्खास्थित, गत रात एउटा मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार, मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१-०२-००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उनले बताए । प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



No ad available.


No active ad available.