17th April 2026, Friday

Namaste

Express

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, २० जना घाइते

Post Image
10 महिना अगाडी

News by: Namaste Express

२३ जेठ, काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रोमाइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको छ ।

करिब ४ बजेर ४५ मिनेट जाँदा सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा २० जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । दुर्घटनामा घाइते हुनेमध्ये १० जना भारतीय नागरिक रहेका छन् । घाइतेहरूको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । गाडीका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन् । उनीसहित माइक्रोमा ६ जना बालबालिका, ५ महिला र १० जना पुरुष रहेका थिए ।

घाइतेमध्ये १६ वर्षका सक्षम अधिकारीको बायाँ खुट्टामा, ४१ वर्षका सुजाता अधिकारीको टाउको, खुट्टा लगायतको भागमा चोट लागेको छ ।

अन्य घाइते नेपालीहरू अञ्जिला शाह, सुविदा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङको अवस्था भने सामान्य रहेको छ ।

यता भारतीय नागरिक पटनाका २४ वर्षीया रिन्कुदेवीको बायाँ हातमा चोट लागेको छ । रवीकुमार, सार्थककुमार, मानवीकुमार, डब्लुकुमार, राजकुमार, शिवकुमार, प्रञ्जलकुमार, निश्चलकुमार र रितुकुमारीको अवस्था भने सामान्य रहेको छ ।



No ad available.


No active ad available.