17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
२९ जेठ, काठमाडौं । भारत गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ‘एआई १७१’ जहाज उडाइरहेका क्याप्टेन सुमित सभरवालले दुर्घटनाको ठिक अगाडि आपतकालीन अवस्थाको संकेत दिएको पाइएको छ । उनले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् ।
मे डे जहाज गम्भीर आपतकालीन अवस्थामा लिइने संकेत शब्द हो । सामान्यतया तीन पटक पाइलटले मे डे शब्द उच्चारण गरे जहाजको इन्जिन फेल भएको, आगो लागेको, अपहरणमा परेको वा अन्य गम्भीर संकट रहेको अवस्थाका रूपमा बुझिन्छ ।
त्यसपछि आकाशको
आसपास रहेका अन्य जहाज र एटीसी मार्फत विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम गरिन्छ । विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीलाई ‘अलर्ट’ गर्ने काम समेत सोही संकेतका आधारमा गरिन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्