17th April 2026, Friday

Namaste

Express

पहिरोले घर पुरिँदा चार जना घाइते, तीनजनाको अवस्था गम्भीर

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १८ , बुधबार
ताप्लेजुङ- सिद्धिङवा गाउँपालिका-३ मा, राती एक भिरबाट खसेको ढुंगाले एक घरलाई पुरिदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिनुभयो ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर फिदिमतिर लैजानको लागि व्यवस्था गरिरहेको प्रहरीले जनाएको छ ।


No ad available.


No active ad available.