17th April 2026, Friday

Namaste

Express

धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं ११ असार। धादिङमा ५६ वर्षीया एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।

गल्छी गाउँपालिका–१ की ५६ वर्षीया सैली गिरीले सोही क्षेत्रमा रहेको छाङगेश्वर मन्दिर नजिकको त्रिशुली नदीमा हाम्फालिन्।

बुधबार बिहान ९ बजे नदीमा हाम फालेकी गिरीको खोजी अभियान सुरु गरिएको छ, सशस्त्र प्रहरीका का सहायक प्रवक्ता डीएसपी शैलेंद्र थापा ले बताएका छन्।

महिलाको खोजीका लागि सशस्त्र प्रहरीले प्राकृतिक आपत व्यवस्थापनमा तालिमप्राप्त सुरक्षा फौजलाई सहायक निरीक्षक बिरन्द्र कुमार मण्डलको कमाण्डमा, विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालिततालिम प्राप्त सुरक्षा फौज परिचालित गरेको छ, सह-प्रवक्त थापाले जानकारी दिएका छन्।
Post Image


No ad available.


No active ad available.