17th April 2026, Friday

Namaste

Express

राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१४ असार २०८२, शनिबार

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताएकीछिन् ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताइन ।

फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले नेकपा (एमाले) पार्टी सदस्यता नवीकरण गरेको उनको भनाई छ । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताइन ।

उनले भनिन, ‘पार्टी सदस्यता नवीकरण गरेको छु ।यसमा आफूले गर्व महशुस गरेको जिकिर गर्दै आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा, आकांक्षा नरहेको र ’पार्टी राजनीतिमा फर्कनुमा आफ्नो कुनै स्वार्थ नभएको उनले उल्लेख गरिन । देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताइन ।

पूर्व राष्ट्रपति भण्डारीले समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताउदै सदाझैँ सबैको सधैँभर माया र विश्वास पाइरहने विश्वास समेत व्यक्त गइरहिन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय सहभागिता भएको घोषणा गरेकी छन ।


No ad available.


No active ad available.