17th April 2026, Friday

Namaste

Express

राष्ट्रिय सभाको बैठक आज, विनियोजन र आर्थिक विधेयकमाथि छलफल

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १८ , बुधबार
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा को बैठक आज बिहान ११:१५ बजे नयाँ बानेश्वरमा स्थित संसद भवनमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्मको सम्बन्धित छलफलमा उठाईएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

साथै, अर्थमन्त्री विष्णु प्रसाद पाएदलले प्रतिनिधि सभा द्वारा आएको सन्देशसँग सम्बन्धित जीविकोपार्जन, आर्थिक, भन्सार र राष्ट्रिय ऋण विधेयकहरू सभामा प्रस्तुत गर्नेछन्। यस्तै, २०८० को संघीय निजामती सेवाको विधेयकसँग सम्बन्धित सन्देश पनि सभामा प्रस्तुत गरिनेछ।

आजको बैठकले चालु आर्थिक वर्षको अन्त्यसँगै आगामी वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।


No ad available.


No active ad available.