17th April 2026, Friday

Namaste

Express

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सइलाई जिम्मेवारीबाट हटाइयो

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २० , शुक्रबार
भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि नेपाल प्रहरीका नायब निरीक्षक सई कमल खड्काको जिम्मेवारी खोस्दै
(सइ) माथि प्रहरी प्रधान कार्यालयले कार्यालयमा झिकाइ छानबिन थालेको छ। ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिनका लागि हेडक्वार्टर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिनुभयाे।

सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। उनलाई सहकारीमा संलग्न रहेको आरोप लगाइएको छ, तर राष्ट्रिय स्वतंन्त्रा पार्टीका समर्थकहरूले उनी सहकारीमा संलग्न नै नभएको र उनले पहिलेदेखि नै गोर्खा मिडियाका निर्देशकको रूपमा काम गर्ने गरेको र गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा आफूविरुद्ध मुद्दा दायर गरी थुनामा राखिएकाले उनीविरुद्ध राज्य नै लागेको आरोप रास्वपाका नेताहरूले लगाउँदै आएका छन्। सर्वाेच्च अदालतले पनि लामिछानेलाई सहकारी ठगीको आरोपमा थुनामै राख्ने आदेश दिएपछि रास्वपाले लामिछानेको लामिछानेमाथि प्रतिशोध भएको भन्दै न्यायका लागि देशैभरि हाल हस्ताक्षर अभियान चलाएको हो।

जसमा विपिन कार्की, रमेश उप्रेतीलगायत कलाकारले पनि हस्ताक्षर गरेका छन्। त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गत शनिबार हस्ताक्षर गरेका थिए। सइ खड्काले पनि केही दिनअघि नेपालगन्जमा हस्ताक्षर गरेका थिए। ड्युटीमा खटिएका सई खड्काले पनि कारागारमा रहेका अभियुक्तको पक्षमा सडकमै हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । युनिफर्ममै हस्ताक्षर गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले उनीमाथि छानबिन थालिएको पुष्टि गरे।

रुपन्देहीस्थित बुटवलको सुप्र‍िम सहकारी ठगीको अभियोगमा लागिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत रुपन्देहिबाट एक करोडका धरौटीमा रिहा भएका लामिछाने अहिले उच्च अदालतको आदेशपछि जेलमा छन्। सर्वोच्च अदालतले पनि उनलाई हिरासतमा पठाउने उच्च अदालतको आदेशलाई समर्थन गरेको छ।




No ad available.


No active ad available.