17th April 2026, Friday

Namaste

Express

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २१, शनिबार
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्ष ०८४ लाई क्रान्तिको नयाँ चरणको रूपमा लिइएको बताएका छन्।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो भनाइ राखेका हुन्। उनले ०८४ (वि.सं.) बाट देशलाई क्रान्तिको नयाँ चरणमा पुर्याउन दावी गरे। महिला, उत्पीडित, आदिवासी, जनजाति जातीय समूहहरू सबैको निम्ति क्रान्तिको झण्डा उठाउने त्यसको तयारीमा संगीतले सबैभन्दा ठूलो भूमिका खेलेकोमा जोड दिए। उनले जनयुद्धका दौरानमा भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी ठूलो भुमिका खेलेको बताएका छन्। उनले आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने उल्लेख गरे।

अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने २०८४ वर्षमा नेपाली क्रान्तिको नयाँ चरणमा हामी प्रवेश गर्नेछौँ। यही मेरो विश्वास छ । मैले विश्वास गर्दछु कि तपाईँ सबै कमरेडको रूपमा तपाईंहरुको भूमिकाहरू पूरा गर्नुहुनेछ।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सामा पार्टीको विजयी यात्रा अब सुरू भएको समेत दावी गरेका छन्।


No ad available.


No active ad available.