17th April 2026, Friday

Namaste

Express

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा निस्कने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१४ असार २०८२, शनिबार
काठमाडौं - नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक आज शनिबार स्पेनको औपचारिक भ्रमणका लागि निस्कदैँ छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्दै छन।

स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीले यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता जनाउने छन् । ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने भएका छन्। सन् २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो।

त्यस अवसरमा, नेपाल र स्पेन बीच सहकार्य र सम्बन्ध विस्तारसँग सम्बन्धित केही महत्वपूर्ण विषयमा सम्झौतापत्र पनि हस्ताक्षर गरिनेछ। प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपाली समुदाय र स्पेनिस उद्योगी उद्योगपतिसँग (व्यवसायीसँग) पनि अन्तरक्रिया अन्तरक्रिया गर्नेछन्, र सो सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने जनाइएको छ।



Post Image
style='color: rgb(0, 0, 0); font-family: Lato, "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 15px;'>


No ad available.


No active ad available.