17th April 2026, Friday

Namaste

Express

एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL) को आगामी सिजनका लागि ६ खेलाडीलाई स्थायी राख्ने निर्णय गरेका छन्।

सुदूरपश्चिम रोयल्सले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको जनाएको छ।

अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो । यस्तै अर्जुन कुमाल, नरेश बुढाऐर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई सुदूरपश्चिमले रिलिज गरिएको रोयल्सले जनाएको छ।

एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।



No ad available.


No active ad available.