17th April 2026, Friday

Namaste

Express

सिन्धुपाल्चोक र रुपन्देहीका सीडीओहरू फेरिए

Post Image
8 महिना अगाडी

News by: Namaste Express

बुधबार १४ साउन, २०८२
काठमाडौँ -गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तान्यो। गृहमन्त्री रमेश लेखकको उच्चस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो।

यससँगै मन्त्री लेखकले डा. टोकराज पाण्डेलाई रूपन्देही र बन्धुप्रसाद बास्तोलालाई सिन्धुपाल्चोकमा सीडीओको रूपमा पठाउने निर्णय पनि गर्नुभएको छ। मन्त्रालयको कार्मिक प्रशासन महाशाखाका अनुसार सोमबार निर्णय भए पनि यसको औपचारिकता अझै बाँकी छ।

यसैबीच, गृहमन्त्री लेखकले आइतबारदेखि रिक्त रहेको मन्त्रालयको प्रवक्ताको जिम्मेवारी अझै तोकेका छैनन्।कसैलाई दिएका छैनन्। मन्त्रालयभित्र सूचना प्रवाहमा अन्योल सिर्जना भएको छ, जुन प्रवक्ताविहीन भएको छ।

सरुवाको निर्णयलाई प्रशासनिक पुनर्संरचना र कार्यसम्पादन मूल्याङ्कनको निरन्तर प्रक्रियाको एक भागको रूपमा हेरिएको बताइएको छ। यद्यपि, हालै मन्त्रालय भित्र केही सीडीओहरूको कामप्रति असन्तुष्टि र राजनीतिक समन्वयमा कमजोरीहरूको बारेमा चर्चा, छलफलहरू भएका छन्।



No ad available.


No active ad available.