17th April 2026, Friday

Namaste

Express

ट्राफिक प्रहरीबाट करिब १८ करोड जरिवाना

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ५, सोमबार
बुटवल -आर्थिक वर्ष २०८१|८२ मा लुम्बिनी प्रदेशमा ११ लाख ७० हजार ८ सवारी साधन कारबाहीमा परेका छन्। जफत गरिएको थियो। ट्राफिक प्रहरीले उनीहरूबाट १७ करोड ८३ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल (संकलन) गरेको छ। नम्बर प्लेट परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे), ओभरलोड गर्ने, अवैध भारतीय बस र ई-रिक्सा चलाउने जस्ता विभिन्न कारणले कारबाही गरिएको थियो।

ट्राफिक प्रहरीका अनुसार टिभीआरएस प्रविधि लागू भएपछि प्रत्यक्ष अनुगमनमा कमी आएको/निगरानी घटेको कारणले अघिल्लो वर्षको तुलनामा यस वर्ष कारबाहीमा कमी आएको हो। यद्यपि, दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ।

गत वर्ष ४९६ जनाको मृत्यु भएको थियो भने यस वर्ष ५०६ पुगेको छ। पाँच हजारभन्दा बढी घाइते भएका छन्। ट्राफिक कार्यालयले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक नियमको पालना, प्रविधिको उचित प्रयोग र जनचेतना आवश्यक रहेको बताएको छ।
Post Image


No ad available.


No active ad available.