17th April 2026, Friday

Namaste

Express

स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

अध्यक्ष र उपाध्यक्ष बीचको झगडाका कारण एमालेका का जनप्रतिनिधिहरू मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा अनुपस्थित भएका छन् । आज बजेट सार्वजनिक गर्न गाउँ सभा बोलाइएको थियो। तर, अध्यक्ष नमोनारायण मजीसँग रिसाएकी उपाध्यक्ष गुणवती देवी थारु र नेपाल कम्युनिस्ट पार्टी एमालेका का जनप्रतिनिधि हरूले सभामा भाग लिएनन्।

एमालेको अनुपस्थितीमा बजेट ल्याएको ग्रामथान गाउँपालिका– ३ का वडा अध्यक्ष रमेशकुमार भगतले जानकारी उपलब्ध गराए। भगत माओवादी केन्द्रका निर्वाचित प्रतिनिधि हुन्। गाउँपालिका अध्यक्ष, नमोनारायण मझीले कुनै प्रतिक्रिया दिनमा सहमत भएनन्।

सोमबार पनि उच्च अदालत विराटनगरले अध्यक्षको नाममा अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षलाई सुनेपछि, उच्च अदालतका न्यायाधीश बिमल सुवेदी र कृष्णासुर कार्कीको इजलासले अध्यक्ष मझीको निर्णय बारेको रिट निवेदनमा अन्तिम निर्णय हुँनुन्जेलको लागि स्थिति कायम राख्नको लागि अन्तरिम आदेश जारी गरे।

अध्यक्ष माझीले गत जेठ १ गते गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझीले बैठक छाडेर बाहिरिएका थिए । अध्यक्ष हिँडेका कारण उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले निर्णय पुस्तिकामा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ लेखेर हस्ताक्षर गरेका थिए ।

सोही बैठकको दोस्रो सत्रको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको भन्दै कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएपछि गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् ।आन्तरिक विवादका कारण पटकपटक गाउँपालिकाको मुद्दा अदालत पुगेको छ ।


No ad available.


No active ad available.