17th April 2026, Friday

Namaste

Express

वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन

Post Image
10 महिना अगाडी

News by: Namaste Express

३० जेेष्ठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न तीन मन्त्री रहेको समिति गठन गरेको जानकारी संसदीय समितिमा दिएको छ।

समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको जानकारी दिएकी हुन् ।

‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’ उनले भनिन् ।

समितिले आफूले देखेको उपाय, समाधानहरू श्रम मन्त्रालयलाई दिनेछ । राणा थप्छिन्, ‘हामी दुई तीन राउण्ड बसिसकेका छौं '। कतिपय देशहरूमा, अन्य देशका नागरिकहरूभन्दा नेपाली कामदारहरूले कम तलब पाउने अवस्था रहेको समेत उनले बताइन् ।

‘युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरुले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’

यस्ता समस्याको समाधानको उपाय
Post Image
समितिले सुझाउनेछ ।


No ad available.


No active ad available.