17th April 2026, Friday

Namaste

Express

आज यी चार प्रदेशमा भारी वर्षा हुने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २१, शनिबार
देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ,चारवटा प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोसी, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदरस्थानको आसपास छ ।


No ad available.


No active ad available.