17th April 2026, Friday

Namaste

Express

एसिसी यु–१६ कप : नेपाल फाइनलमा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १९ , बिहीबार
काठमाडौं-साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार सेलेङ्गोर टर्फ क्लबको मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई नौ विकेटले पराजित गर्यो।

मलेसियाले जितका लागि दिएको ९१ रनको लक्ष्यलाई पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको मद्दतले यो उक्त रन स्कोर बनाएका छन्। शिवांश बजगाईनले अविजित २३ रन बनाएका छन्।

एसिएन क्रिकेट काउन्सिलद्वारा आयोजित गरिएको एक प्रतियोगितामा १० देशहरूले भाग लिएका थिए । भाग लिएका देशहरूलाई दुई समूहमा विभाजन गरिएको थियो।



No ad available.


No active ad available.